china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     सि छुआन प्रान्तको वन छुआन जिल्लामा उद्धार कार्य शुरु
    (GMT+08:00) 2008-05-14 14:41:03    

              सि छुआन प्रान्तमा भूइँचालोका केन्द्रीय क्षेत्र आ बा तिब्बती जातीय र छ्याँग जातीय स्वायत्त प्रिफेक्चरको वन छुआन जिल्लामा उद्धार कार्य शुरु भएको छ।

               वन छुआन जिल्लामा भूइँचालो गएपछि बाटो, विजुली र दूर सञ्चार सेवा बन्द भएको छ। एक लाखभन्दा बढी बासिन्दाहरु भएको वन छुआन जिल्लाले बाहिर क्षेत्रसँग सम्पर्क गर्नसकेको छैन।

                आज मध्यान्ह छँग तुस्थित सेनाको एक दूर सञ्चार टोलीले तारहिन टेलिफोन लिएर हेलिकोप्टरबाट वन छुआन जिल्लामा पुगी स्थानीय दूर सञ्चार सेवा शुरु गरेको छ। अरु कम्तिमा तीनवटा हेलिकोप्टर आवश्यक उद्धार सामग्रीसहित वन छुआन जिल्ला पुगेको छन।

                 यसअघि एक तीसजना सैनिकको टोली हिजो दिउँसो पैदल वन छुआन जिल्लाको यिँग स्यु बस्ती पुगेर तीन सयजनाको ज्यान जोगाएको छ।

                

                 आज विहान आठ बजेसम्म आठजनाभन्दा बढी प्रहरीले वन छुआन जिल्लामा उद्धार कार्य शुरु गरेका थिए। अन्य प्रहरी पनि त्यहाँ जाने बाटोमा छन।

                  यसका अतिरिक्त, ठूलो मेशिनसहितका छ सयभन्दा बढी प्रहरीको मर्मत टोलीले लि जिल्ला र वन छुआन जिल्लाबीचको बाटोको मर्मत गरिरहेको छ। सो बाटो आज राति खुला गर्नसकिने अनुगमन गरिएको छ।

                 भूकम्पका कारण बन्द रहेको छँग तु-वन छुआन रेल सेवा आज विहान साढे दश बजेदेखि पुनः शुरु भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040