नेपालमा भइरहेको चीन बिरोधी गतिविधिलाई सरकारले पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले संविधानसभापछि बन्ने सरकारसँग पनि चीन मिलेर जाने बताउनुभयो ।
हिजो सोमबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा राजदूत सियाङ्ग लिनले भन्नुभयो नयाँ राजनीतिक परिस्थितिमा जुनसुकै राजनीतिक पार्टीले सरकार गठन गरे पनि चिनियाँ सहयोगलाई जारी राखिनेछ ।
तथाकथित स्वतन्त्र तिब्बतको नारा लगाएर काठमाडौँमा भइरहेका चीन बिरोधी गतिविधिप्रति औंल्याउँदै राजदूत सियाङ्ग लिनले त्यस्ता गतिविधिलाई सरकारले पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । दलाइ गुटले नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिविधि गरिरहेको र त्यसमा पश्चिमा राष्ट तथा राष्टरुंघका केही व्यक्तिहरुको हात रहेको पनि राजदूत सियाङ्ग लिनले बताउनुभयो । उहाँले भन्नुभयो टनीतिक मर्यादालाई ख्यालै नगरी उनीहरु नेपालमा खुलेर चीनको बिखण्डन गर्ने कार्यमा लागेका छन् तर उनीहरुको सपना कहिल्यै पनि पूरा हुँदैन ।
विदेशी तत्व जो चीनको हित चाहँदैनन् उनीहरुले मानव अधिकारका नाममा नेपाल सरकारलाई तिब्बती शरणार्थीलाई कारवाही नगर्न दवाव दिएको उल्लेख गर्दै यसरी एउटा सार्वभौम राष्टाथि खुलेआम हस्तक्षेप गर्नु लज्जास्पद कुरा भएको बताउनुभयो । उहाँले चीनको तिब्बतमा मानवअधिकार अत्यन्त राम्रो रहेको, चिनियाँ तिब्बतीको जीवनस्तर राम्रो भएको बताउँदै चाँडै नै तिब्बतमा विदेशीहरुका लागि भ्रमण खुला गरिने बताउनुभयो । तिब्बतमा इन्टरनेट, बैदेशिक फोन तथा सबैखाले सूचना प्रविधिलाई बिना रोकटोक चलाउन दिइएको पनि पत्रकार सम्मेलनमा बताउनुभयो।
नेपालमा भरखरै संविधानसभाको निर्वाचन सम्पन्न भएको र अब बन्ने नयाँ सरकारसँग पनि चिनियाँ नीति परिवर्तन नहुने चिनियाँ राजदूत सियाङ्ग लिनले पत्रकार सम्मेलनमा बताउनुभयो । नेपाल र चीन परम्परादेखि नै अत्यन्त राम्रो सम्बन्ध भएका राष्ट भएको र त्यो नाता एकाईसौँ शताब्दीमा आइपुग्दा अझैं फराकिलो र मजबुत भएको राजदूत सियाङ्ग लिनले बताउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|