नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनका राष्ट्रपति हु चिन्थाओलाई एक सन्देश पठाउनुभई मध्य चीनको स छुआन प्रान्तमा हालै गएको विनाशकारी भूकम्पबाट व्यापक जनधनको क्षति भएकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आफ्नो सन्देशमा वेदनाको यस दु:खद घडीमा चिनियाँ जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । साथै उहाँले भूकम्पमा परी ज्यान गुमाएका परिवारजन र आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
|