दक्षिण अफ्रिकाली खेलकुद संघ एवं ओलिम्पिक समितिका अध्यक्ष मौस माशीशीले हिजो जोन्सवर्गमा दक्षिण पश्चिमी चीनको स् छुआन प्रान्तको वन छुआनमा गएको भयंकर भूइचालोबाट ठूलो मात्रामा मानिसहरु हताहत भएकोमा गहिरो सहानुभूति र हार्दिक सम्वेदना व्यक्त गर्दै उक्त भूइचालो प्रकोपबाट पैचिंग ओलिम्पिक खेलकूदको सफल आयोजनामा असर नपर्ने कुरा व्यक्त गर्नुभयो।
चीन सरकारले द्रुत गतिले समसामयिक र प्रभावकारी रुपमा उद्धार कार्य गरेको कुरामा पनि उहाँले उच्च मूल्याङ्कन गर्नुभयो।
|