china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सरकार र नेताहरु तथा अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरुव्दारा स छुआनमा भूकम्प उत्पन्न भएकोमा चीनप्रति सान्त्वना
    (GMT+08:00) 2008-05-14 18:26:56    

            आज केही विदेशी सरकार र नेता तथा अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरुले राष्ट्राध्यक्ष हु चिन थाउ , प्रधान मन्त्री वन च्या पाउलाई संदेश पठाउंदै स छुआनमा गएको भूकम्पमा चीन सरकार र चिनियाँ जनताप्रति सान्त्वना व्यक्त गर्नुभएको छ ।

             जापानका सम्राट आकिहितो , थाइल्याण्डका राजा भुमिबोल र राजकुमारी सीरिन्दोरन, ब्रुनाइका-सुल्तान हासान्नाल , मोरोक्कोका सीदी मोहमेद , बेलायती महारानी एलिजाबेथ व्दीतीया र प्रधान मन्त्री ब्रान , स्वीडेनका राजा गुस्टाफ , उक्रेनका राष्ट्रपति युसेन्को , रुमानियाका राष्ट्रपपति बोसेस्को तथा परराष्ट्र मन्त्रीले भूकम्पबाट गम्भिर क्षतिनोक्सानी पुर्‍याएकोमा दुःख व्यक्त गर्नुका साथै मृतकहरुप्रति शोकश्रद्धान्जली अर्पण गर्दै प्रकोपग्रस्त क्षेत्रका जनताले अवश्य नै यस कठिन अवस्थाबाट पार पाउने छनु भन्ने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले प्रकोप क्षेत्रका लागि आँफुहरुले भ्याएसम्म सहायता गर्नुका साथै चीनलाई मानवीय सहायता दिने कुरा पनि व्यक्त गर्नुभएको छ ।

              यसका अतिरिक्त लाइबेरियाका राष्ट्रपति , ब्रुंदीका राष्ट्रपति , कोमोरोका राष्ट्रिपति र परराष्ट्र मन्त्री , ट्रीनिडा र डोबाकोका राष्ट्रपति र परराष्ट्र मन्त्री , घानाका राष्ट्रपति , सोमालीका राष्ट्रपति , रुवाण्डाका राष्ट्रपति , मास्टोनियाका राष्ट्रपति , माल्टीभका राष्ट्रपति , श्रीलंकाका प्रधान मन्त्रीले पनि चीन सरकार र चिनियाँ जनता र मृतकका शोकाकुल परिवारप्रति सान्त्वना व्यक्त गर्दै मृतकहरुप्रति सम्वेदना व्यक्त गर्नुभयो ।

              यसका अतिरिक्त बहराइन , अमनले पनि सान्त्वना व्यक्त गरेका छन् ।

              फिलिपिन्सको सिनेटले एक औपचारिक निर्णय पारित गर्दै चीन सरकार र चिनियां जनताप्रति सान्त्वना व्यक्त गरेको छ । फिलिपिन्सको रेडक्रस सोसाइटीका अध्यक्षले फिलिपिन्सले साउकास अनुसार सहायता दिने कुरा उल्लेख गर्नुभयो ।

               अन्तर्राष्ट्रिय मारिटिम ओगनाइजेशनका महा सचिवले सामुद्रीक सुरक्षा सम्बन्धी चौरासीऔं सम्मेलनमा सहभागी भएका प्रतिनिधिका तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई सान्त्वना व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040