चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा अस्ति 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो। जसबाट जनधनको ठूलो क्षेति भएको छ। प्रकोपग्रस्त क्षेत्रमा सहायता उपलव्ध गराउनका लागि हाल चीनका विभिन्न क्षेत्रले विविध कदम चालेका छन।
आज चीनको थेन चिन शहरले उद्धार सामान पुर्याउने विशेष रेलमा बीस वटा उद्धार गाडीलाई स छुआनमा पुर्याएको छ। दक्षीण-पूर्वी चीनको फु चेन प्रान्तले स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रका लागि उठाएको चन्दाको रकम पचास लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ भने उत्तरी चीनको वल्लो शान सीका विभिन्न क्षेत्रले स छुआनको प्रकोपग्रस्त क्षेत्रका लागि नौ करोड चिनियाँ युआनभन्दा बढी रकम चन्दा स्वरुप उठाएका छन।
|