
आज दिउँसो चार बजेसम्म आठ हजार वटा पाल र पचास हजार वटा सिरक स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा पुर्याइएका छन। चीनको नागरिक मन्त्रालयको उद्धार विभागका सम्बन्धित जिम्मेवार व्यक्ति चांग स्याउ निंगले आज हाम्रो रेडियोलाई विशेष अन्तर्वार्ता दिंदै उक्त कुरा बताउनुभएको हो।
प्राप्त जानकारी अनुसार हालसम्म चीनको नागरिक मन्त्रालयले प्रकोपग्रस्त क्षेत्रमा लगभग एक लाख बीस हजार वटा पाल, दुइ लाख बीस हजार वटा सिरक र एक लाख सत्तरी हजार वटा कपासको पोशाक पुर्याएको छ।
|