पैचिंग ओलिम्पिक खेलकूद चाँजोपाँजो समितिको गुरु योजनाका विभागीय प्रमुख चाँग चेनले आज पैचिंगमा बोल्दै अस्ति स् छुआन प्रान्तमा उत्पन्न भएको भयंकर भूइचालोबाट स् छुआन प्रान्तमा जून चौध तारिखदेखि शुरु हुने ओलिम्पिक खेलकूद ज्योति रिले कार्यक्रममा असर नपर्ने कुरा बताउनुभयो। ज्योति रिले गर्ने लाइन भूइंचालो उत्पन्न भएको केन्द्रीय क्षेत्रमा नपरेकोले ज्योति रिले कार्यक्रमलाई नबदल्ने कुरा पनि प्रमुख चाँगले बताउनुभयो।
हाल चीनमा भूइंचालोको प्रतिरोध गर्ने र प्रकोपको उद्धार गर्ने कार्य धुमधामसंग चलीरहेको कुरा पनि पैचिंग ओलिम्पिक खेलकूद चाँजोपाँजो समितिका पदाधिकारीले गर्नुभएको छ।
|