
चीनका प्रधानमन्त्री वन च्या पाउ भूइँचालो प्रकोपग्रस्त क्षेत्रको निरीक्षण गर्न आज दिउँसो स छुआन प्रान्तको वन छुआन जिल्लामा पुग्नुभएको छ।

सो अवसरमा उहाँले प्रकोपबाट प्रभावित सर्वसाधारणसमक्ष बोल्दै चीनको केन्द्रिय सरकारले यस पटकको प्रकोपबाट घाइते भएकाहरुलाई अवश्य नै हालको कठिनाईबाट मुक्त पार्ने कुरा बताउनुभएको छ।

प्राप्त तथ्याँक अनुसार आज दिउँसो दुइ बजेसम्म यस पटकको भूकम्पबाट मृत्यू हुनेहरुको संख्या झण्डै पन्ध्र हजार पुगेको छ।
|