
आज छापिएको "जन-दैनिक" समाचवरपत्रले हाल स छ्वानको भूकम्पसम्बन्धी उद्धार कार्यबारे टिप्पणीकारको नाउँसहित एउटा लेख प्रकाशित गर्दै चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकार र समस्त उद्धारकर्ताहरुका लागि जनताको ज्यान सबैभन्दा महत्वपूर्ण चीज हो भन्ने कुरामा जोड दिएको छ।
उक्त लेखमा भनिएको छ: स छ्वानको वन छ्वान जिल्लामा भएको भूकम्प कारण मानिसहरु हताहत भएका छन। प्रकोपग्रस्त क्षेत्रका जनताको ज्यू-ज्यानको सुरक्षालाई सुनिश्चित पार्नु र मानिसहरुमा हताहतलाई न्यून पार्नु नै वर्तमानको सबैभन्दा महत्वपूर्ण कार्य हो।

अति कम आशा रहुञ्जेल हामीले सक्दो प्रयास गर्नुपर्छ भन्ने कुरा पनि त्यस लेखमा उल्लेख गरिएको छ।
त्यस लेखमा अझ भनिएको छ: विभिन्न तहका पार्टी समिति तथा सरकारले जनताको ज्यू-ज्यानको संरक्षण गर्ने कुरालाई पहिलो स्थानमा राख्नुका साथै विभिन्न उद्धार कार्य तथा सम्बन्धित बन्दोबस्त कार्यलाई व्यवहारमा उतार्नुपर्छ।
|