चीनको स छुआन प्रान्तमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले चौध तारिखका दिन चीनको भूकम्पको सामना गर्ने र प्रकोपको उद्धार गर्ने कार्यका सम्बन्धमा रकम वा मानवीय सहायता दिदैआउनुका साथै विभिन्न तरिका मार्फत चीन सरकार र चिनियाँ जनतालाई सान्वना दिएको छ।
अहिले साउदी अरबियाले चीनलाई पाँच करोड अमेरिकी डलरका साथै एक करोड रकमको सामानहरु चन्दा दिएको छ। अमेरिकी सरकारले पाँच लाख अमेरिकी डलरको सहायता दिएको छ। सहायतार्थ सामानहरु लादेका रुसका दुइवटा इल-76 मालवाहक विमानहरु छंग तु पुगेका छन। बेलायती सरकारले दश लाख पाउण्डको सामानहरु उपलव्ध गर्ने कुरा व्यक्त गरेको छ। फ्रान्सेली सरकारले भोलि सोह्र तारिखका दिन दुइ लाख पचास हजार युरो बराबरका सामानसहितको एउटा विमान पठाउनेभएको छ। जापानका विभिन्न क्षेत्रका व्यक्तिहरुले चीनको भूकम्पग्रस्त क्षेत्रका लागि सहायता दिदैछन। जर्मनी, पोल्याण्ड, बेलजियम, इटली, मेक्सिको, गणतन्त्र कोरिया, पाकिस्तान, भारत आदि मुलुकका सरकार तथा युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संगठनहरुले चीनलाई सहायता दिएका छन।
यसका साथै बेलजियम, ब्राजिल, कतार, थाइल्याण्ड, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, अफगानिस्तान, फिलिपिन्स, मेक्सिको र इन्डोनेशिया आदि मुलुकका प्रवासी चिनियाँ र चिनियाँ मूलका व्यक्तिहरु, विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुले पनि व्यावहारिक क्रियाकलाप मार्फत प्रकोपग्रस्त क्षेत्रका जनताप्रति ममता व्यक्त गरेका छन।
यसका अतिरिक्त, गणतन्त्र कोरिया, सिंगापुर आदि मुलुकका संचार माध्यमहरुले पनि लेखहरु प्रकाशित गर्दै प्रकोपपछिको उद्धारमा दृढ चीन सरकारको सराहना गरेका छन।
|