आज बिहानसम्म उद्धारकर्ताले स छुआनको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा साठी हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन। ती घाइतेहरुलाई समयमै उचार दिइएको हो।
स छुआनको भूकम्प तत्स्थानमा उद्धारको निर्देशन गरिरहनुभएका चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो बेलुका राज्य परिषदको उद्धार निर्देशनालयको बैठक बोलाएर मानिसलाई उद्धार गर्नु नै हालको सबैभन्दा महत्वपूर्ण कार्य रहेको कुरामा जोड दिनुभएको छ।
चीनको नागरिक मन्त्रालयको तथ्याँक अनुसार आज दिउँसो तीन बजेसम्म सारा चीनका विभिन्न क्षेत्रबाट चन्दा उठाएको रकम र सामानको कूल मूल्य एक अरब चौंतीस करोड चालिस लाख चिनियाँ युआन पुगेको छ।
गत मै बाह्र तारिखका दिन चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको ठूलो भूकम्पबाट प्रभावित मानिसहरुको संख्या एक करोडभन्दा बढी पुगेको छ। हिजो दिउँसो दुइ बजेसम्म यसबाट मृतकहरुको संख्या झण्डै पन्ध्र हजार पुगेको थियो।
|