चीनले स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा रहेका विदेशी नागरिकको सक्रियताका साथ खोज्तलाशी र मद्दत गरिरहेका छन। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हालसम्म पैंतालिस जना विदेशी पर्यटकहरु पत्ता लगाइएका छन भने तिनीहरुको अवस्था सुरक्षित छ।
प्राप्त तथ्याँक अनुसार हाल स छुआन प्रान्तमा जम्मा त्रियान्नब्बे जना विदेशी पर्यटकहरु रहेका छन।
|