
चीनको स व्छान्मा गएको भूइंचालोप्रति सान्त्वना व्यक्त गर्नका लागि पाकिस्तानका प्रधानमन्त्री युसूफ राजा गिलानी आज पाकिस्तानका लागि चिनियां राजदुतावास पुग्नुभएको छ ।
सो अवसरमा गिलानीले चिनियां राजदुतावासका कर्मचारी तथा चिनियां र पाकिस्तानका सञ्चार माध्यमसित कुराकानी गर्दै भन्नुभयोः चीन भूइचालोको प्रकोपबाट पीडित रहेको कारण जन-धनको ठूलो क्षति भएकोमा मैले पाकिस्तान सरकार र जनताका तर्फबाट सान्त्वना व्यक्त गर्दछु । तपाईहरु जस्तै म पनि एकदमै दुखी रहेको छु । पाकिस्तान र चीन बीचको मित्रताको लामो इतिहास रहेको छ। पाकिस्तानले समयको परीक्षणबाट उत्तीर्ण भएको दुइ मुलुक बीचको गहिरो मित्रतालाई मूल्यवान् ठानेको छ । चिनियां जनताको ज्यान र धनसम्पत्तिको क्षति पाकिस्तानका जनताको बराबर रहेको छ । यस कठिनाइपूर्ण घडीमा पाकिस्तान सरकार र जनता तपाईहरुमाझ रहन्छन् र तपाईहरुलाई सहयोग गर्नेछन् , हामीहरुले भ्याएसम्मको सहयोग गर्नेछौं भन्ने कुरा मैले फेरि एक पल्ट दोहोर्याउंछु ।
आजभन्दा अघिल्लो दिन पाकिस्तानका राष्ट्रपति मुशर्रफले पनि चिनियां राजदूतावास गई सान्त्वना व्यक्त गर्नुभएको थियो ।
|