
आज मध्यान्ह चीनको च्यांग सि प्रान्तको चिंग कान् शान क्षेत्रमा पैचिंग ओलिम्पिक दीपको रिले कार्यक्रम सम्पन्न भएको छ। आज राति सो दीप च्यांग सि प्रान्तको सदरमुकाम नान् छांग पुग्नेछ।
चिंग कान् शान्मा पैचिंग ओलिम्पिक खेलकुद दीपको रिले कार्यक्रमको लम्बाई पन्ध्र किलोमिटर रहेको छ र सो कार्यक्रममा कूल दुइ सय आठजना दीपवाहक सहभागी भएका छन् । दीपको रिले कार्यक्रम सम्पन्न भएपछि चिंग कान् शान् क्षेत्रमा भूइंचालोको प्रतिरोध र उद्धार कार्य सम्बन्धी चन्दा प्रदान गर्ने समारोहको आयोजना भयो । तत्स्थानका विभिन्न स्तरीय सरकार , विभाग , व्यवसायहरुले स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रलाई चन्दास्वरुप एक करोड साठी लाख चिनियां युआन् प्रदान गरेकाछन् ।
असी वर्षअघि चिनियां कम्युनिष्टहरुले चिंग कान् शान् क्षेत्रमा पहिलो ग्रामीण क्रान्तिकारी अखडाको स्थापना गरेको थियो । यस स्थानलाई चिनियां क्रान्तिको कोक्रो जस्तो राम्रो नाउं दिइएको छ।
|