चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै स छुआन प्रान्तमा भूइँचालो भएपछि अन्तर्राष्ट्रिय समाजले चीन सरकारलाई सहानुभुति, समवेदना र सहायता दिएको छ त्यसका लागि चीन सरकार र चिनियाँ जनताले धन्यवाद ज्ञापन गरेको कुरा बताउनुभयो।
उहाँकाअनुसार, आज दिउंसो दुई बजेसम्म एक सय एकाउन्न वटा मुलुकका नेता र चौध वटा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनले विभिन्न तरिकामार्फत चीन सरकार तथा चिनियाँ जनताप्रति समवेदना तथा सहायता दिइसकेका छन्।
भूकम्प प्रकोपग्रस्त क्षेत्रमा चाहिने जरुरी सामग्रीबारे चर्चा गर्दै उहाँले हाल भूकम्प प्रकोपग्रस्त क्षेत्रमा पाल, कपासका पोशाक, औषधि आदि आवश्यक रहेको कुरा बताउनुभयो।
|