china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्बारा चीनको प्रकोपग्रस्त क्षेत्रप्रति समबेदना व्यक्त
    (GMT+08:00) 2008-05-15 18:54:12    

             चीनको स छुआन प्रान्तमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले आज अझ चीनको उद्धार कार्यका लागि रकम वा मानवतावदी सहायता उपलव्ध गराउनुका साथै विभिन्न तरिकामार्फत चीन सरकार र चिनियाँ जनताप्रति समबेदना र समर्थन व्यक्त गरेको छ।

             रुसी परराष्ट्र मन्त्री सेर्गेई लाभ्रोभले भूकम्प प्रकोपकासामु रुस चिनियाँ जनताको पक्षमा रहेको छ भन्दै चीनको उद्धार कार्यका लागि अझ सहायता उपलव्ध गराउने रुसको इच्छा व्यक्त गर्नुभएको छ। पाकिस्तानका प्रधानमन्त्री यौसुफ राजा गिलानीले पाकिस्तान सरकार र जनताको तर्फबाट चीनमा ठूलो भूकम्पका कारण प्रकोपग्रस्त भएकाले समबेदना व्यक्त गर्दै पाकिस्तानले प्रकोपग्रस्त क्षेत्रलाई सहायता दिन सक्दो प्रयास गर्ने कुरा औंल्याउनुभएको छ।

              यसका साथै गत केही दिनदेखि यता विदेशी सञ्चार माध्यमले चीन सरकारको प्रकोप उद्धार कार्यको उच्च प्रशंसा गरेका छन। "टाइम अफ इन्डिया" नामक समाचार पत्रले आज एउटा लेख प्रकाशित गरी चीन सरकारको उद्धार कार्य निकै छिटो तथा उच्च कुशलतायुक्त रहेको कुरा जनाएको छ।

              प्राप्त अर्को समाचार अनुसार बेल्जियम, ब्राजिल, क्यानाडा र अमेरिका आदि ठाउँमा बसोबास गर्ने चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र चिनियाँ विद्यार्थीले आ-आफ्नो वास्तविक कदममार्फत चीनको प्रकोपग्रस्त क्षेत्रका जनतालाई माया गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040