
चीनको स छुआन प्रान्तमा ठूलो भूकम्प गएपछि थुप्रै नेपाली श्रोताले हामीलाई इमेल वा टेलिफोन गरी प्रकोग्रस्त क्षेत्रका मानिसप्रति समबेदना व्यक्त गर्नुभएको छ।
दमक झापाको नेपाल चीन मैत्री परिषद एबम् सी. आर.आई. श्रोता क्लबहरुको पूर्वाञ्चल परिषदका अध्यक्ष डा. नबिन चापागाईले हामीलाई पठाउनुभएको इमेलमा लेख्नुभएको छः चीनमा गएको बिनासकारी भूकम्पका कारणले धेरै चिनियाँ मानिसहरुको दुखद मृत्यु तथा धेरै जना घाइते भएको कुरा थाहा पाउँदा हामी अत्यन्तै मर्माहत भएका छौं। यस दुखद घडीमा चिनियाँ जनतामा पर्न गएको पिडा कम होस र भगवानले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन अनि घाइतेहरु चाँडोभन्दा चाँडो ठीक होउन भनी हामी हृदयबाट अपेक्षा राख्दछौं।
|