आज दिउँसो चार बजेसम्म चीनको स छुआन प्रान्तमा गएको भूकम्पबाट झण्डै बीस हजार जनाको मृत्यु भएको छ। जसअनुसार मृतकहरुको संख्या पचास हजारभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
आज दिउँसो स छुआन प्रान्तको स्थानीय सरकारले पत्रकार सम्मेलनको आयोजना गर्यो। यस अवसरमा स छुआन प्रान्तका उप-प्रमुख ली छंग युनले भूकम्प र उद्धार कार्य सम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको छ।
उहाँका अनुसार हाल विभिन्न उद्धार कार्य जरुरी रुपमा चलिरहेका छन।
|