
आज दिउँसो चार बजेसम्म चीनको स छुआन प्रान्तमा गएको भूकम्पबाट झण्डै बीस हजार जनाको मृत्यु भएको छ। जसअनुसार मृतकहरुको संख्या पचास हजारभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
आज बिहानसम्म उद्धारकर्ताले स छुआनको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा साठी हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरेका छन। ती घाइतेहरुलाई समयमै उचार दिइएको हो।

चीनका प्रधानमन्त्री वन च्या पाउ भूइँचालो प्रकोपग्रस्त क्षेत्रको निरीक्षण गर्न आज दिउँसो स छुआन प्रान्तको छिङ छुआन जिल्लामा पुग्नुभएको छ।
चीनको नागरिक मन्त्रालयको तथ्याँक अनुसार आज दिउँसो तीन बजेसम्म सारा चीनका विभिन्न क्षेत्रबाट चन्दा उठाएको रकम र सामानको कूल मूल्य एक अरब चौंतीस करोड चालिस लाख चिनियाँ युआन पुगेको छ।
|