चीनको स छुआन प्रान्तमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले आज अझ चीनको उद्धार कार्यका लागि रकम वा मानवतावदी सहायता उपलव्ध गराउनुका साथै विभिन्न तरिकामार्फत चीन सरकार र चिनियाँ जनताप्रति समबेदना र समर्थन व्यक्त गरेको छ।
थाइल्याण्डका कुमारीले आज चीनका राष्ट्राध्यक्ष हु चिन थाउलाई पत्र पठाएर आफ्नो व्यक्तिगत नाउँमा चीनको भूकम्प प्रकोप्रस्त क्षेत्रका लागि एक लाख चिनियाँ युआन चन्दा उठाउनुभएको छ। रुसी परराष्ट्र मन्त्री सेर्गेई लाभ्रोभले भूकम्प प्रकोपकासामु रुस चिनियाँ जनताको पक्षमा रहेको छ भन्दै चीनको उद्धार कार्यका लागि अझ सहायता उपलव्ध गराउने रुसको इच्छा व्यक्त गर्नुभएको छ। पाकिस्तानका प्रधानमन्त्री यौसुफ राजा गिलानीले पाकिस्तान सरकार र जनताको तर्फबाट चीनमा ठूलो भूकम्पका कारण प्रकोपग्रस्त भएकाले समबेदना व्यक्त गर्दै पाकिस्तानले प्रकोपग्रस्त क्षेत्रलाई सहायता दिन सक्दो प्रयास गर्ने कुरा औंल्याउनुभएको छ।
यसका साथै गत केही दिनदेखि यता विदेशी सञ्चार माध्यमले चीन सरकारको प्रकोप उद्धार कार्यको उच्च प्रशंसा गरेका छन। "टाइम अफ इन्डिया" नामक समाचार पत्रले आज एउटा लेख प्रकाशित गरी चीन सरकारको उद्धार कार्य निकै छिटो तथा उच्च कुशलतायुक्त रहेको कुरा जनाएको छ।
प्राप्त अर्को समाचार अनुसार बेल्जियम, ब्राजिल, क्यानाडा र अमेरिका आदि ठाउँमा बसोबास गर्ने चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र चिनियाँ विद्यार्थीले आ-आफ्नो वास्तविक कदममार्फत चीनको प्रकोपग्रस्त क्षेत्रका जनतालाई माया गरेका छन।
|