आज छापिएको "जन-दैनिक" समाचारपत्रले कुनै पनि कठिनाईबाट चिनियाँ जनताको शिर निहुरिन नहुने कुराबारे टिप्पणीकारको नाउँसहित एउटा लेख प्रकाशित गरेको छ।
त्यस लेखमा भनिएको छ: सन् 2008 चीनका लागि असामान्य वर्ष हो। यस वर्षको आरम्भमा दक्षिणी क्षेत्रमा भयङ्कर हिमपात उत्पन्न भएपछि सारा देशले जरुरी रुपमा प्रकोप उद्धार गरेका थिए। गत मार्च चौध तारिखका दिन ल्हासामा कुटपिट, लुटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक गतिबिधि देखा परे तापनि समस्त चिनियाँ जनताले मातृभूमिको एकीकरण तथा जातीय एकताको संरक्षण गर्ने दृढ अठोटलाई पनि स्पष्टसँग देखाएका छन। ओलम्पिक दीपलाई विदेशमा घुमाइने क्रममा थोरैजसो "तिब्बतको स्वाधिनता"तत्वहरुले अवरोध खडा गरेका छन। तर सारा देशका चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु एकतावद्ध भएर ओलम्पिक खेलकुदको स्वागत गरिरहेका छन।
त्यस लेखमा अझ भनिएको छ: स छ्वान प्रान्तको वन छ्वान जिल्लामा बिनाशकारी भूकम्प आकस्मिक रुपमा देखा परेको दिनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले राजनैतिक ब्यूरोको स्थायी समितिको जरुरी सम्मेलन बोलाएर उद्धार कार्यको बन्दोबस्त मिलाउनुभएको छ। प्रधानमन्त्री वन च्या पाउले सक्दो र छिटो गरी प्रकोपग्रस्त क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ। चिनियाँ मुक्ति सेनाका सिपाहींहरु तथा सशस्त्र प्रहरीहरुले तुरुन्तै प्रकोपग्रस्त क्षेत्र गएर उद्धार कार्य थालेका छन।
|