china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समुदायद्बारा निरन्तर रुपमा स छ्वानको भूकम्पग्रस्त क्षेत्रलाई सहायता
    (GMT+08:00) 2008-05-16 10:23:52    
              चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा सात दशम्लब आठ रेक्टर स्कलको बिनाशकारी भूकम्प उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायले हाल छुट्टा-छुट्टै रुपमा प्रकोपग्रस्त क्षेत्रलाई चन्दास्वरुप माल-सामान वा रकम प्रदान गर्दैआएका छन। केही विदेशका सरकार तथा नेताहरु र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका जिम्मेवार व्यक्तिहरुले निरन्तर रुपमा टेलिफोन वा संदेशमार्फत हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ।

             संयुक्त राष्ट्र संघका प्रवक्ता श्रीमती मिचेल मन्टासले हिजो राष्ट्र संघीय महासचिव बान कि मुनको तर्फबाट निरन्तर रुपमा चीनको प्रकोपग्रस्त क्षेत्रको परिस्थितिको निकै ख्याल-विचार गर्नुका साथै प्रकोपग्रस्त जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभयो।

          अफ्रिकी संघ परिषदका अध्यक्ष जिन पिङ्गले हिजै राति एउटा बक्तव्य प्रकाशित गर्दै भूकम्पबाट धनजनको ठूलो नोक्सानी गरिएकोमा निकै ख्याल-विचार गर्नुका साथै चीन सरकार तथा जनतालाई सान्त्वना व्यक्त गर्नुभयो।

           रुसले प्रकोपग्रस्त क्षेत्रलाई चन्दास्वरुप चालीस लाख अमेरिकी डलर बराबरका चार खेपका सहायता सामग्रीहरु प्रदान गर्ने भएको छ। भारतीय सरकारले हिजै बोल्दै प्रकोपग्रस्त क्षेत्रलाई पचास लाख अमेरिकी डलर बराबरको सहायता सामग्री प्रदान गर्ने घोषणा पनि गरेको छ।

             हाल नर्वे, स्पेन, बेल्जियम, फ्रान्स, ग्रीस, एस्टोनिया, भियतनाम, गणतन्त्र कोरिया, मङ्गोलिया, सिन्गापूर जापान तथा थाइल्याण्ड आदि मुलुकका सरकार तथा संयुक्त राष्ट्र संघअन्तर्गत शरणार्थी कार्यालयले चन्दास्वरुप चीनलाई रकम वा माल-सामानहरु प्रदान गर्ने योजना गरेका छन।

              यसबाहेक, बेलायत, हल्याण्ड, स्विजर्ल्याण्ड, संयुक्त अरब इमिरेटस, गाबोन, फिंल्याण्ड, पेरु, गणतन्त्र कङ्गो तथा चाड आदि मुलुकका नेताहरु र लगजम्वर्ग‌, मेक्सिको, ब्रुनाई र श्रीलंका आदि मुलुकका राजनीतिज्ञहरुले चीन सरकारको नेतृत्वमा चिनियाँ जनताले प्रकोपलाई पराजित गर्नसक्ने पनि विश्वास व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040