गत सोमबार चीनमा शक्तिशाली भूकम्प गई व्यापक जनधनको क्षतिभएकोमा चीन र चिनियाँप्रति समवेदना तथा सहानुभूति प्रकट गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ राष्ट्रपति हु चिन थाउलाई सन्देश पठाउनुभएको प्रत्युत्तरमा चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपाली सरकार र नेपाली जनताप्रति आभार प्रकट गर्नुभएको छ ।
राजदूताबासारा हिजो बुधबार प्रेसित व्यक्तव्यमा भनिएको छ "यस्तो दु:खका बेला नेपाल र नेपालीको तफबाट सरकार प्रमुख, राजनीतिक दलका नेताहरुले विज्ञप्ति माफत दु:ख प्रकट गर्नु परम्परागत सम्बन्धमा देखिएको ऐक्यवद्धता हो ।"
विज्ञप्तिमा चीन सरकारले आफ्नो मुलुकमा शक्तिशाली भूकम्पको विपत्ति परेका बेला नेपाली भूमिमा तिब्बतीहरुले प्रदर्शन गर्नुलाई संवेदनहिनता भनी कडा टिप्पणी पनि गरिएको छ । तिब्बती समुदायकै बसोबास रहेको क्षेत्रमा भूकम्पले व्यापक जनधनको क्षति गर्दा पनि केही तिब्बतीले सहानुभूति नराखी चिनियाँ दूताबास अगाडि प्रदर्शन गरेकोमा विज्ञप्तिमाफत आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ "उनीहरुले विपत्तिमा आनन्द लिन खोजका छन् । यो मानवीय होइन।" दूताबासले प्रसित गरेको विज्ञप्तिमा तिब्बतीहरुको प्रदर्शनीले आफ्नो दैनिक कार्यमा समेत बाधा पुर्याएको जनाइएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डले एक विज्ञप्ति दिई भूकम्पबाट चीनमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्र्रकट गर्नुभएको छ । पार्टीका तफबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ "यस्तो भयानक प्राकृतिक प्रकोपको क्षतिबाट प्रभावित सम्पूर्ण चिनियाँ जनता र सरकारप्रति गहिरो सहानुभूति प्रकट गर्न चाहन्छौँ ।" भूकम्प प्रभावित क्षेत्रहरुमा हुने उद्धार कार्यमा चिनियाँ जनता र चीन सकारलाई शीघ्र सफलता मिलोस् भन्ने कामना पनि विज्ञप्तिमा गरिएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|