china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका प्रधानमन्त्री वन् च्या पाउका अनुसार पूर्व अडकल बमोजिम स व्छान्‌मा गएको भूइंचालोले मर्नेहरुको संख्या पचास हजारभन्दा बढी हुने
    (GMT+08:00) 2008-05-16 15:43:12    

              छ व्छान्‌ प्रान्तमा भूइंचालोको प्रतिरोध र उद्धार कार्य गर्ने कामको निर्देशन गरिरहनुभएका चीनका प्रधानमन्त्री वन् च्या पाउले भन्नुभए अनुसार पन्ध्र तारीख दिउँसो दुइ बजेसम्म स व्छान् प्रान्तमा गएको भूइंचालो प्रकोपग्रस्त क्षेत्रमा मर्नेहरुको संख्या उन्नाइस हजार पांच सय नौ पुगेको निश्चित भएको छ । तर पूर्व अडकल अनुसार मर्नेहरुको संख्या पचास हजारभन्दा बढी हुने सम्भावना रहेको छ । किनकि हालसम्म अझ बीस हजारजनाभन्दा बढी मानिसहरु भग्नावशेषमा पुरिएका छन् र धेरै मानिसहरु बेपत्ता भएका छन् ।

              पन्ध्र तारीख राति रेल-गाडीमा वन् च्या पाउले राज्य परिषद्‌को भूइंचालोको प्रतिरोध र उद्धार कार्यको निर्देशनालयको बैठक बोलाएर भन्नुभयोः स व्छान् प्रान्तको वन् व्छान् जिल्लामा गएको भूइंचालोको परिधि एक लाख वर्गकिलोमिटरभन्दा बढी रहेएको छ । वन् व्छान् जिल्लामा गएको भूइंचालोको तीव्रता सन् 1976 मा चीनको थांग शान्‌मा गएको भयंकर भूइंचालोभन्दा बढी रहेको छ । अहिलेको अवस्था हेर्दा यस पल्टको भूइंचालो नयां चीनको स्थापना भएदेखि सबैभन्दा भयंकर र प्रभावित क्षेत्र सबैभन्दा ठूलो रहेको भूइंचालो हो।

                हाल भूइंचालोको प्रतिरोध र उद्धार कार्य गर्ने संघर्षमा सहभागी भएका जन मुक्ति सेना , प्रहरी र रिजर्भ मिलिशियाको संख्या एक लाख बीस हजारभन्दा बढी रहेको छ । पन्ध्र तारीखका दिन चिनियां सेनाले अप्ठेरामा परेका कूल दश हजारभन्दा बढी मानिसहरुको खोजतलाशी गरेको र बचाएको छ। त्यस्तै तेह्र हजार घाइतेहरुको उपचार गरेको छ। यसका साथै प्रकोपबाट प्रभावित एक लाख बीस हजारभन्दा बढी वासिन्दाहरुलाई सारेको छ ।

                आज बिहानसम्म चीनको केन्द्रिय वित्त विभागले भूइंचालोको प्रतिरोध र उद्धारका लागि तीन अरब एक चालीस करोड चिनियां युआन्‌को रकम भुक्तानी गरेको छ । राष्ट्रभरमा माल र रकमको रुपमा प्राप्त चन्दाको परिमाण एक अरब तीस करोडभन्दा बढी पुगेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040