
चीनका प्रधानमन्त्री वन च्या पाउले स छुआनको वन छुआन जिल्लामा गएको ठूलो भूकम्पको प्रकोपको सामना गर्न सारा देशको शक्तिलाई एकिकृत पारेर मानिसको उद्धारलाई केन्द्रिय कार्यका रुपमा बनाएर विभिन्न कठिनाईलाई जितेर जोडतोडका साथ भूकम्प प्रकोपको उद्धार गर्नुपर्ने कुरा बताउनुभएको छ।
श्री वन च्या पाउले आज स छुआनबाट पैचिङ्गमा फर्कनुअघि पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हालसम्मको उद्धार कार्यका लागि चीन सरकारले सारा देशबाट एक लाखभन्दा बढी उद्धारकर्ताद्बारा गठित उद्धार टोलीलाई पठाएको छ।
आज दिउँसो चार बजेसम्म वन छुआन जिल्लोमा भएको भूकम्पबाट एकाईस हजार पाँच सय जनाको मृत्यु भएको छ भने एक लाख उनान्साठी जना घाइते भएका छन। यसका अतिरिक्त चौध हजार जना व्यक्तिहरु अझै पनि भत्केका घर तथा भवनतल पुरिरहेका छन र विभिन्न उद्धार कार्यहरु युद्धस्तरमा चलिरहेका छन।
|