
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज स छुआन प्रान्तको भूकम्पग्रस्त क्षेत्र पुगी म्यान यांग शहरको दक्षिणी बजारमा पर्ने विमान स्थलमा आयोजित सम्मेलनमा यसअघि त्यहाँ पुग्नुभइसकेका चीनका प्रधानमन्त्री वन च्या पाउ लगाएत चीनको केन्द्रिय सरकारका अन्य नेताहरुसँग प्रकोप उद्धार कार्यको बन्दोबस्तको परामर्श गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री वन च्या पाउले स छुआनमा भएको ठूलो भूकम्पको विशेषता, प्रकोपको अवस्था र हालसम्मको उद्धार कार्यमा प्राप्त प्रगति, वर्तमान उद्धार कार्यमा देखा परेको कठिनाई र आउने चरणको कार्यमा देखापरेको महत्वपूर्ण बिषयबारे जानकारी दिनुभएको छ।

सम्मेलनपछि राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको भूकम्पबाट गम्भीर रुपमा प्रभावित वै छुआन छ्यांग जातिय स्वायत्त जिल्लाको निरीक्ष गर्न त्यहाँ प्रस्थान गर्नुभएको छ।
यही मै बाह्र तारिख दिउँसो दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो।
|