स छुआनको वन ठुआन जिल्लामा भूकम्प गएपछि तिब्बतका विभिन्न जातिका जन साधारणहरुले प्रकोपग्रस्त क्षेत्रका जनतालाई चन्दा प्रदानगर्दै मायाममताको भावना देखाएका छन् । पन्ध्र तारिख दिउंसो छ बजेसम्म तिब्बतका विभिन्न क्षेत्रले प्रकोपग्रस्त क्षेत्रका लागि करिव एक करोड युआन चन्दा प्रदान गरेका छन् ।
चन्दा प्रदान गरेका तिब्बतका विभिन्न जातिका जन साधारणहरुले हामी सबै चिनियां हौं , स छुआनका सामु कठिनाइ देखा परेकोले हामीले सहायताका हात फैलाउनु पर्छ ।
चौध तारिखका दिन ड्रेपुंग गुम्बाका चार सय असी भन्दा बढी लामाहरुले भूकम्प ग्रस्त क्षेत्रका जन साधारणहरुको मंगलमयका लागि पूजाआजा गर्नुका साथै चन्दा पनि प्रदान गरेका छन् ।
|