पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम दक्षिणी चीनको नान छांग शहरमा आज सम्पन्न भयो। ज्योतिलाई घुमाउनुअघि स छुआन प्रान्तको भूकम्प प्रकोपमा परी मृतक भएकाहरुप्रति एक मिनेटसम्म मौनधारण गरियो।
ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न भएपछि नान छांगमा चन्दा समारोहको पनि आयोजना गरी स छुआनको भूकम्प प्रकोपग्रस्त क्षेत्रको उद्धार तथा पुनर्निर्माणको समर्थन गरिएको छ।
नान छांगमा ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाइएको कूल दूरी पैंतीस किलोमिटर छ भने यसमा दुइ सय आठ जना प्रतिनिधिले भाग लिएका छन।
|