
चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएपछि हाल केही अन्तर्राष्ट्रिय उद्धार टोली प्रकोपग्रस्त क्षेत्र पुगेका छन।
जापानका पहिलो खेपका एकतीस जना तालिमप्राप्त उद्धारकर्ता आज बिहान प्रकोपबाट गम्भीर रुपमा प्रभावित क्वांग युआन जिल्लामा पुगेको छ। स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा उद्धार गर्न त्यहाँ पुगेको यो पहिलो खेपका तालिमप्राप्त उद्धार टोली हो। जापानको दोस्रो खेपका उनान्तीस जना इलमी उद्धारकर्ता पनि आज दिउँसो स छुआन प्रान्तको छिंग छुआन जिल्लामा पुगे।
रुसका एकावन्न जना उद्धारकर्ताद्बारा गठित उद्धार टोली पनि आजै बेलुका छंग तु पुगेर म्यान चु शहरमा गएका छन। रुसका दोस्रो खेपका सतचालिस जना उद्धारकर्ता भोलि बिहान छंग तु पुग्ने बताइएको छ।
यसका अतिरिक्त गणतन्त्र कोरियाका उद्धारकर्ता र सिंगापुरका उद्धारकर्ता पनि आजै बेलुका छंग तु पुगेर श फांग शहरमा उद्धार गर्न गएका छन।
|