china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय उद्धार टोली र संगठनद्बारा चीनलाई सहायता उपलव्ध
    (GMT+08:00) 2008-05-16 21:14:45    

            चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएपछि हाल केही अन्तर्राष्ट्रिय उद्धार टोली प्रकोपग्रस्त क्षेत्र पुगेका छन।

            जापानका पहिलो खेपका एकतीस जना तालिमप्राप्त उद्धारकर्ता आज बिहान प्रकोपबाट गम्भीर रुपमा प्रभावित क्वांग युआन जिल्लामा पुगेको छ। स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा उद्धार गर्न त्यहाँ पुगेको यो पहिलो खेपका तालिमप्राप्त उद्धार टोली हो। जापानको दोस्रो खेपका उनान्तीस जना इलमी उद्धारकर्ता पनि आज दिउँसो स छुआन प्रान्तको छिंग छुआन जिल्लामा पुगे।

              यसका अतिरिक्त गणतन्त्र कोरियाका सतचालिस जना उद्धारकर्ता पनि आजै बेलुका छंग तु पुगेर श फांग शहरमा उद्धार गर्न गएका छन।

               रुसका एकावन्न जना उद्धारकर्ताद्बारा गठित उद्धार टोली पनि आजै बेलुका छंग तु पुगेर म्यान चु शहरमा गएका छन। रुसका दोस्रो खेपका सतचालिस जना उद्धारकर्ता भोलि बिहान छंग तु पुग्ने बताइएको छ।

               सँयुक्त राष्ट्र संघको युनिसेफले हिजो एउटा वक्तव्य प्रकाशित गरी चीनलाई पहिलो खेपका उद्धार सामान उपलव्ध गराउने घोषणा गरेको छ। ती सामान अठचालिस घण्टाभित्र प्रकोपग्रस्त क्षेत्रमा पुर्‍याइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040