आज बिहान पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति चीनको च च्यांग प्रान्तको वन चौ शहरमा घुमाइएको छ।
आजको रिले कार्यक्रम शुरुहुनुअघि स छुआन प्रान्तको गएको भूकम्पको प्रकोपमा परी मृतक हुनेहरुको श्रद्धाञ्जलीका लागि एक मिनेटसम्म मौनधारण गरियो। वन चौमा ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाउनुभएका पहिला प्रतिनिधि चान स्यु कांगले वन चौ शहरका बासिन्दासँग प्रकोपग्रस्त क्षेत्रका बासिन्दालाई सघाउ पुर्याएर तिनीहरुलाई कठिनाईबाट मुक्त पार्नका लागि आफ्नो माया भाव देखाउन आव्हान गर्नुभयो।
वन चौ शहरमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई घुमाइने कूल दूरी 11.66 किलोमिटर छ। यस क्रममा एक सय आठ जना प्रतिनिधि सहभागि भएका छन।
|