
चिनियां कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महा सचिव , राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैनिक आयोगका अध्यक्ष हु थिन थाउले आज विहान भूकम्पको केन्द्र-वन छुआन जानुभई भूकम्पको सामना र प्रकोपबाट उद्धार गर्ने कार्यमा निर्देशन गर्नुभयो ।

भूकम्प उन्पन्न भएपछि श्री हु चिन थाउले सम्बन्धीत विभागलाई चांडै नै घाइतेहरुलाई जोगाई प्रकोपपीडित क्षेत्रका जनताको जीवनको सुरक्षाको प्रत्याभूत गर्न आग्रह गर्नुका साथै बाह्र तारिख राति र चौध तारिखका दिन दुई पटक चिनियां कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक व्यूरोको स्थायी समितिको बैठकको आयोजना गर्दै भूकम्पको सामना गर्ने र प्रकोपको उद्धार गर्ने कार्यलाई पूर्ण रुपमा मिलाउनुभयो।
सोह्र तारिखका दिन हु चिन थाउले विमानव्दारा स छुआन पुग्नुभएर मिआन यांगको विमानस्लमा बैठकको आयोजना गर्दै त्यसअघि नै त्यहां पुग्नुभएका प्रधान मन्त्री वन च्या पाउ तथा केन्द्रिय समितिका अरु नेतासित भूकम्पको सामना गर्ने र प्रकोपबाट उद्धार गर्ने कार्य बारे विचारविमर्श गर्नुका साथै कामकाज पनि मिलाउनुभयो ।
हु चिन थाउले प्रकोपको मारमा परेका जन साधारणलाई भन्नुभयोः पार्टी र सररकारले भएभरको शक्ति लगाउंदै कठिन अवस्थामा झेलिरहेका जन साधारणलाई जोगाउनु गर्नुका साथै घाइते भएका मानिसहरुलाई उपचार गर्दै जन साधारणहरुको जीवनलाई सकेसम्म राम्रोसंग मिलाउनेछ । अनि जन साधारणलाई पुनः उत्पादन गर्ने र थातथलोको पुनः निर्माण गर्न भएभरको शक्ति लगाएर सहायता गरिनेछ ।
|