चीनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हान्स ट्रोएडसोनले स छुआन प्रान्तको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा सरुवा रोग उत्पन्न हुने सम्भावना रहेतापनि ठीक र आवश्यक कदम चालेबाट सरुवा रोगको फैलावटबाट जोगाउन सकिने कुरा औंल्याउनुभएको छ।
उहाँले हिजो सिन्व्हा समाचार समितिलाई टेलिफोन अन्तर्वार्ता दिंदै उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा उहाँले चीनका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि कार्यालयले चीनको स्वास्थ्य मन्त्रालयसित घनिष्ठ सम्पर्क राख्नुका साथै सरुवा रोगबारे छलफल गरिरहेको छ भन्दै चीनले प्रकोपग्रस्त क्षेत्रको वर्तमान परिस्थितिबारे ध्यानपूर्वक मूल्याँकन गरी हाल मौजुद संकटबारे स्पष्टताका साथ जानकारी लिएको विश्वास व्यक्त गर्नुभएको छ।
|