
आज दिउँसो दुइ बजेसम्म चीनको स छुआन प्रान्तमा गएको भूकम्पबाट अठाईस हजार आठ सय एकासी जनाको मृत्यु भएको छ भने झण्डै दुइ लाख घाइते भएका छन।

चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र प्रधानमन्त्री वन च्या पाउले पिडितहरुको उद्धारका लागि सक्दो प्रयास गर्नुपर्छ भन्दै अलिकति आशा रहुन्जेल पनि भरिपूर्ण प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। हाल उद्धारकर्ताले ज्यानको उद्धारलाई प्राथमिकता दिंदै उद्धार कार्य चलाई रहेका छन।
हिजो बेलुका आठ बजेसम्म स छुआन प्रान्तका विभिन्न अस्पतालमा एक लाख दश हजारभन्दा बढी घाइतेको उपचार भइरहेको छ। तीमध्ये लगभग सोह्रो हजार जना घाइतेको अवस्था गम्भीर देखिन्छ।

हालसम्म प्रकोपग्रस्त क्षेत्रमा ठूलो सरुवा रोग र आकम्पिक सार्वजनिक स्वास्थ्यका घटना भएको सम्बन्धित प्रतिवेदनमा नपाइएको पनि जनाइएको छ। त्यहाँको आधारभूत प्रबन्ध क्रमशः प्रयोगमा ल्याइएको छ भने विभिन्न बस्तुको आपूर्ति स्थीर रहेको देखिन्छ।
चीनको नागरिक मन्त्रालयको तथ्याँक अनुसार आज दिउँसो एक बजेसम्म चीनभित्र र बाहिरका विभिन्न सामाजिक क्षेत्रबाट चन्दा उठाइएको रकम र सामानको कूल्य मुल्य छ अरब चिनियाँ युआनभन्दा बढी पुगेको छ।
|