
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महा सचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगको अध्यक्ष हु चिन थाउले सत्र तारिखका दिन स्ठुआन प्रान्तमा रहेको भूकम्प-केन्द्रमा पर्ने वन ठुआन जिल्लामा ग्रस्त क्षेत्रको अवस्थाको दर्शन गरी उद्धारक-कार्यलाई निर्देशन गर्नुहुँदै आएको छ।
त्यस अवसरमा उहाँले पै ठुआन नाउँको माध्यमिक स्कूलको तत्स्थानमा थकाइलाई मेट्ने, निरन्तर रुपमा आंटिलो भई अग्रसर गर्ने र सक्दो प्रयास गरी नोक्सानीलाई सबभन्दा कम पार्ने गर्नु पर्छ भनेर सैनिक अफिसर र जवानहरुलाई प्रोत्साहन गर्नुभएको छ। त्यसपछि उहाँले भयन्कर ग्रस्त स्थानीय कारखाका जानुभई राम्रोसित भूकम्प विरोधी उद्धारक कार्य गर्नुका साथै कारखानाको पूनः स्थापना गर्नुहोस् भनेर त्यहाँका कामदारहरुलाई अपील गर्नुभएको छ।

त्यसरी हिजो सत्र तारिखका राती उहाँले ठङ्गतु नगरमा एउटा बैठक बोलाएर भूकम्प विरोधी उद्धारक कार्य बारेको अवस्था सुन्नुका साथै अब पछि कसरी अझै पनि राम्रोसित उद्धारक कार्य गर्नेतर्फ अनुसन्धान गर्नुभएको छ।
थाहा भएअनुसार आजै अठार तारिख बिहान अझै पनि भूकम्प ग्रस्त श फाङ्ग नाउँको नगरमा गई त्यहाँको उद्धारक कार्यको सिंहावलोकन गर्नुभएको छ।
|