
हाल विदेशस्थित चीनका राजदूताबासहरु, विदेशमा बसोबास गर्ने चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु, चिनियाँ पूंजीद्वारा संचालित संस्थाहरु तथा विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरुले निरन्तर रुपमा चीनको स छ्वान प्रान्तमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका लागि सक्रियताका साथ चन्दास्वरुप रकम प्रदान गर्दै आएका छन, जसबाट भूकम्पग्रस्त बासिन्दाहरुलाई सहायता दिन सकिन्छ।
लोसआनजलसस्थित अखिल चीन वाणिज्य संघले सत्र तारिख चिनियाँहरु बसोबास गर्ने गेपो शहरमा भूकम्पको उद्धार गर्नका लागि चन्दास्वरुप कार्यक्रमको आयोजना गर्यो, जसबाट आधा दिनमा मात्रै एक लाख पचास हजार अमेरिकी डलर प्राप्त गरिएको छ।
फिलिपिन्समा बसोबास गर्ने व्यापक चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरुले निरन्तर रुपमा प्रकोपग्रस्त बासिन्दाहरुलाई सहायता पुर्याएका छन। हालसम्म फिलिपिन्सका चिनियाँ समूह तथा चिनियाँहरुले चन्दा दिएको रकम दुइ करोडभन्दा बढी चिनियाँ युआन पुगेको छ।
भिनेजुएलाको राष्ट्रिय चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु संघले सत्र तारिख स छ्वान प्रान्तमा भूकम्पग्रस्त क्षेत्रका लागि चन्दा दिने समारोहको आयोजना गर्यो। अहिलेसम्म समाजका विभिन्न क्षेत्रद्वारा पुर्याइएको रकम जम्मा गरी चार लाख अमेरिकी डलर पुगेको छ।
त्यासका अतिरिक्त, नाइजेरिया, केन्या, टर्की, बेलजियम, बेलायत, इजरेल, कम्बोडिया, पाकिस्तान लगायत मुलुकहरुका बसोबास गर्ने चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरु, चिनियाँ समूह तथा चिनियाँ पूंजीद्वारा संचालित संस्थाहरुले पनि भूकम्पको प्रतिरोध तथा त्यसको उद्धार कार्यलाई ध्याननाकर्षण दिइरहेका छन।
|