चीन सरकारद्वारा मेइ उन्नाइस तारिखदेखि एकाइस तारिखसम्म तीन दिनलाई राष्ट्रिय श्रद्धान्जली दिवस बनाइने निर्णय
(GMT+08:00)
2008-05-18 20:43:46
स छ्वान प्रान्तमा गएको भयंकर भूकम्पमा परी व्यापक मृतकहरुप्रति चीनका विभिन्न जातिका जनताले शोक व्यक्त गर्नका लागि चीनको राज्य परिषद्ले मेइ उन्नाइस तारिखदेखि एकाइस तारिखसम्म तीन दिनलाई राष्ट्रिय श्रद्धान्जली दिवस बनाउने निर्णय गरेको छ। यस अवधिमा समस्त चीन तथा विदेशहरुस्थित विभिन्न संस्थाहरुले राष्ट्रिय झण्डालाई आधा भुकाउने छ भने सार्वजनिक मनौरंजन कार्यक्रम स्थगित हुने तथा चिनियाँ परराष्ट्र मन्त्रालय र विदेशहरुस्थित चीनका संस्थाहरुले श्रद्धान्जली पुस्तक राख्नेछ। मेइ उन्नाइस तारिख दिउंसो दुइ बजेर अठाइस मिनेटदेखि चिनियाँ जनताले तीन मिनेटसम्म मौन शोक व्यक्त गर्नेछ।