सिन ह्वा समाचार समितिका अनुसार, चीनको दक्षिण-पश्चिमी सि छुआन प्रान्तको वन छुआनमा बाह्र तारिखका दिन गएको भूकम्पदेखि यता चीनका विभिन्न क्षेत्रले निरन्तर रुपमा भूकम्प प्रकोप क्षेत्रलाई रकम र सामान प्रदान गरेका छन।
अठार तारिखको बाह्र बजेसम्म चीनको केन्द्रिय सरकार मातहत 123 वटा ठूलो ढांचे राष्ट्रिय उद्योग-व्यवसायले 93 करोड 20 लाख आर एम बीको रकम र 10 करोड 30 लाख आर एम बीको सामान प्रदान गरेका छन।
अठार तारिख राति एघार बजेसम्म हङ्गकङ्गका विभिन्न क्षेत्रले हङ्गकङ्ग स्थित चीनको केन्द्रिय सरकारको सम्पर्क कार्यालयमार्फत सि छुआन भूकम्प प्रकोप क्षेत्रलाई 40 करोड हङ्गकङ्ग डलर प्रदान गरेका छन।
तिब्ब्ती बौद्ध धर्मका धर्मावलम्बीहरुले पनि सि छुआन वन छुआनमा गएको भूकम्पप्रति निकै ध्यान दिएका छन। हालसम्म लाह्साका धर्मावलम्बीहरुले भूकम्प प्रकोप ग्रस्त क्षेत्रलाई एक लाख आर एम बी प्रदान गरेका छन। यस बाहेक तिब्बतका विभिन्न मन्दिरहरुले हालसम्म पनि एकपछि अर्को गरी धार्मिक समारोहको आयोजना गरी मृतकहरुको आत्माको चिरशान्तिका लागि पूजा-आजा गरेका छन।
|