china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि चीनमा तीनदिने राष्ट्रिय शोक घोषणा
    (GMT+08:00) 2008-05-19 11:47:13    

             स छ्वानको वन छ्वानमा गएको गम्भीर भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै चीनमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरी श्रद्धान्जली आर्पण गर्न आज विहान सबेरै चार बजेर अन्ठाउन्न मिनेट जाँदा चिनियाँ थिआन आन मन चोकमा झण्डात्तोलन समारोहपछि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

             आज विहान हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्रका सरकारी संस्था तथा विद्यालय लगायत महत्वपूर्ण क्षेत्रमा पनि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

             पेइचिंगको बासिन्दा थिआन क्वाङ्ग ह्वीले सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा बोल्दै भूईंचालोमा धेरै जना मृत्यु भएकाले आफूलाई निकै दुःख लागेको र चीनको राष्ट्रिय झण्डा पहिलो पटक सर्वसाधारणका लागि आधा झुकाइएकोले आफूलाई स्तव्ध पारेको कुरा व्यक्त गर्नुभएको छ। हंगकंगबाट आएकी सुश्री मा शु फाङ्गले पनि पेइचिंगमा झण्डात्तोलन समारोह हेरेपछि सम्वाददातासंग कारा गर्दै भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरु हाम्रा देशबन्धु हुन् र आफूलाई अति दुःख लागेको कुरा व्यक्त गरेकी छिन्।

             बाह्र तारिखका दिनमा स छ्वानको गएको भूईंचालोबाट हिजो दिउँसो दुइ बजेसम्म चीनको स छ्वान, कान सु, पल्लो शान सिलगायत क्षेत्रमा बत्तीस हजार चार सय सतहत्तर जनाको मृत्यु हुनुका साथै दुइ लाख बीस हजार जनाभन्दा बढी घाइते भएका छन्। आजदेखि एकाईस तारिखसम्मको तीन दिने राष्ट्रिय शोक मनाउने निर्णय चिनियाँ राज्य परिषद्ले गरेको छ। सो अवसरमा चीनमा गरिने ओलम्पिक ज्योतिको रिले कार्यक्रम स्थगित गरिएको छ। श्रद्धान्जली व्यक्त गर्नका लागि चीन र विदेशस्थित चिनियाँ संस्थामा चीनको राष्ट्रिय झण्डालाई आधा झुकाउनुका साथै सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमहरु सबै बन्द गरिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040