china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पालमा चीनको तिब्बतबारे गलत सूचनाहरु प्रवाह गर्ने गरिएको नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले बताउनुभएको छ
    (GMT+08:00) 2008-05-19 21:01:06    
              काठमाडौँबाट प्रकाशित मूल्यान मासिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले तिब्बतमा भएको दंगा दलाई गुटको रचना र उक्साहटमा भएको बताउनुभएको छ ।

              चीनको तिब्बतमा कुनै जातीय तथा धार्मिक समस्या नभएको उल्लेख गर्दै राजदूत सियाङलिनले भन्नुभएको छ "यो कुनै जनजातिको समस्या होइन र यो कुनै धार्मिक मुद्धा पनि होइन किनभने दंगाका क्रममा धेरै मानिसहरु मरे र घाइते भए जसमा कैयौँ तिब्बतीहरु पनि परेका छन् ।" विश्वमा रहेका चीन बिरोधी शक्तिहरुले तिब्बती मुद्धालाई हतियार बनाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा बेइजिङ्ग ओलम्पिक 2008 लाई अवरोध पुर्याउने हतियारका रुपमा प्रयोग गरिरहेको राजदूतले बताउनुभएको छ ।

             अन्तर्वार्ताका क्रममा चिनियाँ राजदूत सियाङलिनले तिब्बत सदियाँदेखि चीनको अभिन्न अङ्गका रुपमा स्थापित रहेको ऐतिहासिक पक्षलाई केलाउँदै भन्नुभएको छ "1944 तिर केही पश्चिम पर्वतारोहीहरुले तिब्बती भूमिबाट सगरमाथा आरोहण गर्न अनुमति माग्दा स्थानीय तिब्बती सरकारले चिनियाँ केन्द्रीय सरकारसँग सोधेको थियो, यसबाट पनि तिब्बत पहिलेदेखि नै चीनको अधिनमा थियो भन्ने कुरा स्पष्ट हुन्छ ।"

             चीनले तिब्बती सभ्यता र संस्कृतिलाई प्राथमिकताका साथ जगेर्ना गरेको उल्लेख गर्दै चिनियाँ दूताबासले हरेक वर्ष नेपालमा ल्होच्छार पर्व मनाउने तथा तिब्बती सांस्कृतिक प्रदर्शन गर्ने गरेको उल्लेख गर्नुभएको छ । त्यसैगरी तिब्बती धर्म र संस्कृतिका बारेमा खोज अनुसन्धान हुने गरेको, पुस्तक प्रकाशन तथा प्रदर्शनीको आयोजना पनि गर्ने गरिएको उहाँले अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ । चीनले तिब्बती संस्कृतिको सफाया गरिरहेको छ भन्ने प्रश्नमा राजदूत सियाङलिनले भन्नुभएको छ "चिनियाँ संस्कृतिमा तिब्बती संस्कृतिले महत्वपूर्ण भूमिका खेल्दछ । तिब्बतमा एक हजार तीन सय वटा स्कुलहरु छन् र पाँच लाखभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । ती स्कुलहरुमा मुख्य कोर्स तिब्बती भाषाबाट पढाइन्छ ।" नेपालमा पश्चिमा शक्तिको आडमा तिब्बतका बारेमा गलत सूचना प्रवाह गर्ने गरिएको र भ्रम सिर्जना गर्ने गरिएको पनि राजदूत सियाङलिनले बताउनुभयो ।

             चेतनाथ आचार्य

            सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040