china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धान्जली व्यक्त गर्नका लागि चीनमा तीनदिने राष्ट्रिय शोक घोषणा
    (GMT+08:00) 2008-05-19 19:11:03    

             आज दिउँसो दुइ बजेर अठ्ठाइस मिनेट जाँदा चीनका नेतागण हु चिन थाउ, च्याङ च मिन, वु बांग को, वन च्या पाउ, च्या छिंग लिन, ली छांग छुन, सि चिन फिङ, ली ख छ्यांग, ह को छ्यांग, चौ यौं खांगले चिनियाँ जनतासँगै मिलेर वन छ्वानमा गएको भूकम्पका कारण मृत्यू भएकाहरुको आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दै तीन मनेट सम्म मौन धारणा गर्नुभएको छ।

             आज विहान सबेरै चार बजेर अन्ठाउन्न मिनेट जाँदा पैचिंगस्थित थिआन आन मन चोकमा झण्डात्तोलन समारोहपछि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

             आज विहान चीनस्थित असी वटा मुलुकका राजदुत तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुले चिनियाँ परराष्ट्र मन्त्रालयमा गई वन छ्वानमा गएको भूकम्पका कारण मृत्यू भएकाहरुको आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्नुभयो।

             आज विहान हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्रका सरकारी संस्था तथा विद्यालय लगायत महत्वपूर्ण क्षेत्रमा पनि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

             आज मध्यान्ह बाह्र बजेसम्म स छ्वानको वन छ्वानमा गएको भूईंचालोबाट चीनको स छ्वान, कान सु, पल्लो शान सिलगायत क्षेत्रमा चौंत्तीस हजार त्रीहत्तर जनाको मृत्यु हुनुका साथै दुइ लाख चालीस हजार जनाभन्दा बढी घाइते भएका छन्। आजदेखि एकाईस तारिखसम्मको तीन दिने राष्ट्रिय शोक दिवस मनाउने निर्णय चिनियाँ राज्य परिषद्ले गरेको छ। सो अवसरमा चीनमा गरिने ओलम्पिक ज्योतिको रिले कार्यक्रम स्थगित गरिएको छ। श्रद्धान्जली व्यक्त गर्नका लागि चीन र विदेशस्थित चिनियाँ संस्थामा चीनको राष्ट्रिय झण्डालाई आधा झुकाउनुका साथै सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमहरु सबै बन्द गरिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040