चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भयंकर भूकम्पबाट ठूलो जनधनको क्षति पुर्याइएपछि विदेशका सञ्चार माध्यमहरुले चीन सरकार तथा चिनियाँ जनताले गरेको भूकम्पको प्रतिरोध तथा उद्धार कार्य सकारात्मक तथा प्रभावकारी रहेको छ भनि उल्लेख गर्दै भूकम्प सम्बन्धी समाचार खुला तथा पारदर्शी रहेकोमा पनि प्रशंसा गरेका छन।
अमेरिकाको ए.पि, द लोस आन्जेलस टाइमस तथा फ्रान्सको ए.एफ.पिले हिजो चीनका राष्ट्राध्यक्ष हु चिन थाउले वन छ्वानको निरीक्षण गर्नुभएको समाचार प्रसारण गरेको थियो।
रुसको रिआ नोभोस्तिले अस्ति प्रकाशित गरेको एउटा लेखमा प्रकोपको सामू चीनले ठूलो दृढता अभिव्यक्त गरेर विश्वबाट सम्मान तथा प्रशंसा पाएको कुरा उल्लेख गरेको थियो।
पोर्चुगलले अस्ति प्रकाशित एक्सप्रेसो समाचार पत्रमा चीन सरकारको उद्धार कार्य गतिशील रहेको प्रशंसा गर्दै भूकम्प सम्बन्धी समाचार खुला तथा पारदर्शी रहेकोमा पनि प्रशंसा गरेको थियो।
|