china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ भूईंचालो प्रकोप क्षेत्रका लागि अन्तर्राष्ट्रिय समाजबाट निरन्तर रुपमा सहयता प्रदान
    (GMT+08:00) 2008-05-20 09:08:52    
          हालका दिनहरुमा अन्तर्राष्ट्रिय समाजले विभिन्न उपायद्बारा चिनियाँ भूईंचालो प्रकोप क्षेत्रका लागि निरन्तर रुपमा सहयता प्रदान दिंदैआएका छन्।

          यूनिशेफबाट प्रदान गरिएको पहिलो चरणको सोह्र टनको उद्धार सामाग्री हिजो राति दुइटा सैन्य विमानद्बारा छन तु पुगिसकेको छ। रुसी चिकित्सा उद्धार विमान हिजो राति मोस्कोबाट स छ्वानको छन तुतिर आएको छ।

          अमेरिका सरकारले थप दश लाख अमेरिकी डलरको सहयता दिने निर्णय गरेको छ। उक्त सामाग्री भोलि विशेष विमानद्बारा छन तु आइपुग्ने जनाइउको छ।

          चीनमा भएको प्रकोपका लागि दिइएको उद्धार-सहयताको कूल संख्यलाई थप गरेर पन्ध्र लाख यूरो पुर्‍याउने निर्णय जर्मनी सरकारले गरेको छ। बेलायत सरकारले पनि थप दश लाख बेलायती पाण्डको उद्धार सामाग्री दिने भएको छ। पाकिस्तान सरकारले चीनलाई दश हजार वटा पाल जरुरी रुपमा प्रदान गर्ने निर्णय गरेको छ।

          त्यसबाहेक डेनमार्क, नर्वे, आइसल्याण्ड आदि मुलुकका सरकारले केही दिनदेखि यता छुट्टा छुट्टै रुपमा चीनलाई उद्धार सहयता दिने वा थप सहायता दिने निर्णय गरेका छन्। संयूक्त राष्ट्रिय संघको शरणार्थि उच्च आयोग, अन्तर्राष्ट्रिय वसाई-सराई संगठनलगायत धेरै अन्तर्राष्ट्रिय संगठनले चीनलाई रकम पनि सहयता स्वरुप प्रदान गरेका छन्।

          धेरै मुलुकका राष्ट्रियनायकहरु र विश्व व्यापार संगठन, अन्तर्राष्ट्रय दुरसञ्चार संगठन, अफ्रिकन विकास बैंकलगायत अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुले विभिन्न उपायद्बारा चीनलाई हार्दिक सम्वेदन व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040