china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउ एवम् केन्द्रिय नेताहरुलगायत विभिन्न चिनियाँ नागरिकहरुबाट स छ्वानको वन छ्वानमा गएको गम्भीर भूईंचालोबाट मृत्यु भएकाहरुलाई श्रद्धन्जली आर्पण
    (GMT+08:00) 2008-05-20 10:56:48    

          हिजो दिउँसो दुइ बजेर 28मिनेट जाँदा, हु चिन थाउ, च्याङ्ग च मिन, उ पाङ्ग को, वन च्या पाउ, च्या छिङ्ग लिन, लि छाङ्ग छुन, सि चिन फिङ्ग, लि ख छिआङ्ग, ह को छिआङ्ग, चौ युङ्ग खाङ्कलगायत विभिन्न चिनियाँ नागरिकहरुले स छ्वानको वन छ्वानमा गएको गम्भीर भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरुलाई श्रद्धन्जली आर्पण गर्नुभएको छ।

          स छ्वानको वन छ्वानमा गएको भूईंचालोबाट मृत्यूवरण गर्नुभएकाहरुलाई शोक श्रद्धन्जली व्यक्त गर्नका लागि हिजो विहान सबेरै पेइचिङ्गस्थित थिआन आन मन चोकमा झण्डात्तोलन समारोहपछि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ।

          हिजो विहान चीनस्थित असी वटा मुलुकका राजदुत र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुले चीनको परराष्ट्र मन्त्रालय पुगेर स छ्वानको वन छ्वानको भूईंचालोका कारण मृतक भएकाहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नुभएको छ।

          हंगकंग र मकाउ विशेष प्रशासनिक क्षेत्रका सरकारी संस्था तथा विद्यालय लगायत महत्वपूर्ण क्षेत्रमा पनि चीनको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ। भूईंचालो प्रकोप ग्रस्त क्षेत्रमा उद्धार कार्य गरिरहेका रुसी, दक्षिणी कोरियाली, जापानीज तथा सिंगापूरीयन उद्धार टोलीले हिजो दिउँसो दुइ बजे र 28 मिनेट जाँदा स छ्वानको वन छ्वान प्रकोप ग्रस्त क्षेत्रमा चिनियाँहरुसँग मिलेर मृतकहरुलाई श्रद्धान्जली आर्पण गरेका छन्।

          भूईंचालोको मारमा परी ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामनाका लागि केही उद्धार व्यक्ति र प्रकोप ग्रस्त क्षेत्रका बासिन्दाहरु छिङ्ग छ्वान निम्नमाध्यामिक-विद्यालयमा आयोजित शोक समारोहमा संलग्न भए।

          हिजो दिउँसो दुइ बजे र 28मिनेट जाँदा पोतला दरवारको चोकमा हजारौं चिनियाँहरुले श्रद्धान्जली आर्पण गरेका छन्।

          हिजो दिउँसो दुइ बजेसम्म वन छ्वानमा गएको आठ रेक्टर स्कलको भूईंचालोबाट चीनको स छ्वान, कान सु, पल्लो शान सिलगायतका क्षेत्रमा चौंतीस हजार त्रिहत्तर जनाको मृत्यु हुनुका साथै दुइ लाख चालीस हजार जनाभन्दा बढी घाइते भएका छन्। हिजो अर्थात उन्नाइस तारीखदेखि एकाईस तारिखसम्मको तीन दिने राष्ट्रिय शोकको घोषणा चिनियाँ राज्य परिषद्ले गरेको छ। सो अवसरमा चीनमा गरिने ओलम्पिक ज्योतिको रिले कार्यक्रम स्थगित गरिएको छ। श्रद्धान्जली व्यक्त गर्नका लागि चीन र विदेशस्थित चिनियाँ संस्थामा चीनको राष्ट्रिय झण्डालाई आधा झुकाउनुका साथै सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमहरु सबै रद्ध गरिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040