केही दिनदेखि प्रजातान्त्रिक जन गणतन्त्र कोरिया, पेरु, इक्वटोर गिनी, चली र लेबनान आदि मुलुकहरुका राजनैतिक गण्यमाण्य व्यक्तिहरुले ती मुलुकहरुस्थित चीनको राजदूताबास गई चीनको स छुआन प्रान्तको वन ठूआनमा गएको भूकम्पमा परी मृत्यूभएकाहरुलाई शोक व्यक्त गर्नुभएको छ।
उत्तर कोरियाली श्रमिक पार्टी र सरकारका नेताहरुले आज बीस तारिखका दिन त्यहाँस्थित चीनको राजदूतावास जानुभई चीनको स छुआन प्रान्तको वन ठूआनमा गएको भूकम्पमा परी मरेकाहरुलाई शोक व्यक्त गर्नुका साथै चिनियाँ जनताहरुले अवश्य नै प्रकोपमाथि विजय पाएर आफ्नो जन्मथलोको पुनर्निर्माण गर्न सक्दछन् भन्ने विश्वास व्यक्त गर्नुभएको छ।
त्यसगरी मङ्गोलियाली वृहत जन हुरालका अध्यक्ष दान्जान लुन्दिजान्टसानका साथै परराष्ट्र मन्त्री सान्जासुरेन औयुनले आज बीस तारिखका दिन त्यहाँस्थित चीनको राजदूताबास गई भूकम्पमा परी मरेकाहरुप्रति शोक व्यक्त गर्नुभएको छ।
यसै क्रममा पेरुका राष्ट्रपति अलान गार्सिआले हिजो उन्नाईस तारिखका दिन चीनको दूताबासमा जानुभएको थियो। उहाँले शोक पुस्तिकामा लेख्दै चीन सरकारले निकै तुरुन्तै प्रभावकारी रुपमा भूकम्प ग्रस्त क्षेत्रमा उद्धार-कार्य गरेकोमा दिलैदेखि चीन सरकारको प्रशंसा गर्नुभएर चीनले अवश्यनै प्रकोपमाथि विजय पाउनुका साथै सफलतासाथ ओलम्पिक खेलकुद समारोहको आयोजना गर्न सक्ने छ भनि बताउनुभएको छ। थाहा भएअनुसार भूकम्पका कारण मृतकहरुप्रति शोक व्यक्त गर्नका लागि सोही दिन समस्त पेरुका सरकारी अंगहरु, सैनिक प्रबन्ध, प्रहरी कार्यालय र अरु मुलुकहरुस्थित कूटनैतिक संस्थाहरुले पनि आधा झण्डा झुकाएका थिए।
त्यसैगरी इक्वटोर गिनीका प्रधान मन्त्री, चलीको सिनेटका प्रमुख र लेबनानका विदेशी मन्त्री आदिहरुले अघिपछि गरी चीनका दूताबासहरुमा जानुभई भूकम्पमा परी मरेकाहरुप्रति शोक व्यक्त गर्नुभएको छ।
|