china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालस्थित चिनियाँ दूताबासमाफत चीन अध्ययन केन्द्रले भूकम्प पीडितहरुलाई राहत सहयोग उपलब्ध गराएको छ
    (GMT+08:00) 2008-05-20 18:49:42    
           एक साता अगाडि चीनको चिचुवान प्रान्तमा गएको भूकम्पबाट व्यापक धनजनतको क्षति भएकोमा चीन अध्ययन केन्द्रले राहत स्वरुप सहयोग उपलब्ध राएको छ । काठमाडौँस्थित चिनियाँ दूताबासमा शुक्रबार चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी तथा पदाधिकारीहरुले सहयोग स्वरुप बीस हजार रुपैँयाको चेक दूताबासलाई हस्तान्तरण गरेका हुन् । चेक नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङ लिनले लिनुभयो ।

            नगद चेक हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष रेग्मीले चीनमा गएको भूकम्पबाट आफूहरु अत्यन्त मर्माहत भएको बताउँदै एउटा अशल छिमेकी राष्ट्रका नागरिकको तफबाट चिनियाँ सरकारले पीडितहरुलाई पुर्याएको राहत सहयोगप्रति ऐक्यवद्धता जनाउँदै सानो सहयोग गरिएको बताउनुभयो । उहाँले नेपालमा हुने गरेका प्रत्येक प्राकृतिक प्रकोपका बेला चिनियाँ सहयोग उल्लेखनीय हुँदै आएको बताउँदै आफू र आफ्नो संस्थाको तफबाट पनि सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

             चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चिनियाँ सरकारले राहत वितरण तथा पीडितहरुलाई स्वास्थ्य उपचार, गास, बास र कपासको व्यवस्था गर्ने काम तीब्र रुपमा प्रभावकारी रुपले अगाडि बढाएकोमा खुशी प्रकट गर्दै यस्तो विपत्तकि बेला चीन एक्लै नभएको महशुस दिन आफूहरु सदैव तयार रहेको पनि अध्यक्ष रेग्मीले बताउनुभयो ।

             प्रत्युत्तरमा राहत सहयोगका लागि चिनियाँ राजदूतले चीन अध्ययन केन्द्रका अध्यक्ष रेग्मी तथा अन्य पदाधिकारीलाई धन्यवाद दिनुभयो । राजदूत सियाङलिनले नेपाल र नेपालीले चीनलाई अत्यन्त माया गर्ने गरेको आफूले पाएको बताउनुभयो । उहाँले चीन अध्ययन केन्द्रको सहयोग र सन्देशलाई बेइजिङ्ग सरकारसमक्ष पठाइदिने पनि बताउनुभयो ।

             यसैबीचमा चीनमा भूकम्पबाट मृत्यु हुनेहरुलाई श्रद्धान्जली व्यक्त गर्नका लागि चिनियाँ दूताबासले आज, भोलि र पर्सि शोक पुस्तिका राख्ने भएको छ । इच्छुक सबै नेपालीहरुले चिनियाँ दूताबासमा गएर आफ्नो शोक मन्तव्य तथा श्रद्धान्जली व्यक्त गर्न सक्ने दूताबासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आई.लाई बताउनुभयो ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040