चीनको वातावरणिय संरक्षण मन्त्री चौ शङ स्यानले आज स छुआनको छङ तु शहरमा बोल्दै स छुआन प्रान्तको वन छुआन जिल्लामा भयङ्कर भूकम्प गएदेखि यता तुरुन्तै नियन्त्रति कदम चालेकोले स छुआनमा नागरिक प्रयोगका लागि राखिएको आणविक प्रबन्ध तथा विकिरण श्रोत सुरक्षित तथा नियन्त्रित अवस्थामा रहेको कुरा बताउनुभएको छ।
उहाँका अनुसार, हालसम्म यस पटकको भूकम्पमा गाडिएका बत्तीस वटा विकिरण श्रोतमध्येको बीस वटालाई संकलन गरिसकेका छन। बाँकी रहेका दुइ वटाको ठोस स्थल पत्ता लगाइसकेको र त्यसको वरिपरि सुरक्षित गराइसकेको छ। सम्बन्धित विशेषज्ञले ती श्रोतलाई सुरक्षित स्थानमा पुर्याउन प्रयास गरिरहेका छन।
|