|
सिन ह्वा समाचार समितिका अनुसार, सि छुआन प्रान्तको वन छुआनमा भूकम्प भएपछि सि छुआन प्रान्तको वो लुँग प्राकृतिक आरक्षण क्षेत्रमा पालिएका तीनवटा पान्डा बेपत्ता भएका छन। अरु साठीवटा पान्डा भने सुरक्षित छन।
सि छुआन प्रान्तको वन छुआनमा भूकम्प गएपछि चीनको वन ब्यूरोले भूकम्प प्रकोप क्षेत्रको वनसम्बन्धी उद्धार कार्य गर्न र पान्डालाई उद्धार गर्न निर्देशन दिनका लागि विशेष गरी वो लुँग प्राकृतिक आरक्षण क्षेत्रको प्रवन्धलाई चौतर्फीरुपमा जाँचबुझ र मर्मत गर्नका लागि तुरुन्तै कार्य टोली पठाएको छ।
मानिसले पालेको पान्डा बाहेक चीनका 1590 वटा जंगली पान्डाहरु छन। तीहरुमध्ये सि छुआन प्रान्तमा 1200 वटा छन जुन सम्पूर्ण पाण्डाको 75 प्रतिशत हो।
यसैबीच, चीनको वन व्यूरोले जंगली पान्डाको अवस्थाको अनुगमन कार्यलाई सबल पार्ने कुरा जनाएको छ।
|