स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भयंकर भूकम्पबाट प्रभावित क्षेत्रमा मालसामानको आपूर्ति तथा सर्वसाधारणको जीवनलाई प्रत्याभूति दिन चीन सरकारले सक्दो प्रयास गरिरहेको छ।
हाम्रा सम्वाददाताद्वारा चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनबाट प्राप्त समाचारअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म भयंकर भूकम्पग्रस्त स छ्वान प्रान्तका आठवटा जिल्लाको वाह्य अन्य स्थानसँग सम्पर्क कायम भएको छ। भूकम्पग्रस्त क्षेत्रमा खाद्य पदार्थको मूल्य हिजो सामान्य छ। आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्त, छुंग छिंग शहर, कान सु प्रान्त तथा पल्लो शान सि प्रान्तको मुख्य विद्युत नेट-वर्क सामान्यरुपमा सञ्चालित छ।
आज दिउँसो दुइ बजेसम्म चीनको विभिन्न स्तरका सरकारले भूकम्प प्रभावितहरुको उद्धार गर्न एघार अरब बहत्तर करोड सत्तरी लाख आर.एम.बीको लगानी गरेको छ। आज दिउँसो एक बजेसम्म चिनियाँ समाजका विभिन्न क्षेत्रले प्रदान गरेको रकम तथा सामानको कूल मूल्य तेह्र अरब नब्बे करोड आर.एम.बी पुगीसकेको छ।
|